Soloution for computer in damauli

Soloution for computer in damauli
NCC

Wednesday, June 13, 2007

मेरो अहिलेको दमौली

एउटा सानो पातलो बस्ती अनी पुरानो घरहरु । अली तल कलकल गर्दै बगेको मदी र सेती नदी आहा सिर्सिर बतास अनी मनै छुने लोक भाकाहरु यति बेला देखि सँगै हुर्केको ठाउँमा २० बसन्त पार गर्दा निकै परिबर्तन आएको देख्द निकै खुशी लाग्यो साथसाथै युवामा छाएको बिकृति देख्दा छाती पोल्न पनि थल्यो । केहीबेर विगतलाई नै सम्झिन पुगे ।

म रमाएर एउटा half पाईन्टमा सबै घर चाहर्दै आङगनिमा गुच्च् खेलेको अनी केही बदमाश साथीहरु सँगइ भागेर मादी नदिमा पौडी खेल्न जाँदा mummy लौरी लिएर पिट्न आउनु भएको यि सबै द्रिश्यहरु आँखा अगाडि झल्झली नाच्न पुगे अनी त्यही भिरको बाटो कपडा लिएर भागने कति सैतान भएर हुर्कियौ सबै कुराहरु सम्झिदा हासो पनि लाग्यो कति निश्चल थियो बाल मन तेती बेला अनी कति रमाइलो पनि थियो । त्यही बेला हिडदा हिडदा साथीहरु मिलेर डन्डी बियो खेल्ने ठाउँ पो आईपुगेछ त्यो बाटो त अहिले पिच् बनिसकेछ जे होश बिकासको यो तिब्रता देख्दा खुशी पनि लाग्यो तर त्यही बाटो म एक हुल स्कुले विद्यार्थीलाई हातमा चुरोट समतेको देख्दा चाँहीएको भन्दा बढी बिकास भएछ जस्तो लाग्यो

म पनि त बसेको हुर्केको ठाउँ यही हो नि तर शायद यी भाईहरु बिकासको दुरु पायोग गरिरहेका छन जस्तो लाग्यो तर केही बोल्न सकिन किनकी तिनिहरु को लागि त म एउटा अपरिचित थिए फेरी मनमा डर पनि लाग्यो कतै केही गरे भने आफ्नै बाटो हिंडे । हिड्दा हिड्दा cyber लेखेको देखे अहो मलाई निकै खुशी लाग्यो मेरो दमौलीमा cyber पनि फेरी जान मन लगिहाल्यो blog अपडेट नगरेको पनि २ दिन हुन लगेछ अनी सोचे यही दमौलीको Cyber बाट नै एउटा दमौलीको ब्लग बनाउन पर्‍यो र यसरी सुरु भयो यो ब्लग को काहानि । कम कम से कम दुनियाँको कुराहरु त थाहा पाउने भए यो generation ले जस्तो लाग्यो तर त्यही बेला मनमा ढ्याङ्ग्रो ठोक्यो कि कतै cyber को पनि misuse गरे भने ।

3 comments:

Unknown said...

Good Job, Keep it up....
Bikram
Damauli

now in Dubai , uae

अलग आचार्य said...

Hi thanks, I’m really appreciated with u, really some youngster heading towards darker future. I’m also a member of this youngster some 5 year ago, but now learn lots of lesson from the life and I would like to teach those young guys about the reality of the life,,,thanks once again,

alag acharya(alag_1981@yahoo.com)

Umesh Pandit said...

good work dude but u need to work a lot in your blog

Umesh Pandit
Damauli-11

Now:USA