Soloution for computer in damauli

Soloution for computer in damauli
NCC

Wednesday, June 13, 2007

आदिकवी भानुभक्त आचार्य


"घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो"



आदिकवी भानुभक्त आचार्य नेपाली साहित्यका कहिले नास्ताउने तारा हुन् । उनी बिनाको नेपाली साहित्य अपुरो र अधुरो हुन्छ । यिनै उज्वल नक्षत्र को जन्मभुमी हो तनहुँ जिल्ला । जिल्ला को पुर्वी भागको चुदी रम्घा गाविस मा १८१४मा जन्मेका थिए । सानै देखि लजालु स्वभावका कारण उनी त्यती बाहिर घुम्ने हिंड्ने गर्दैनथे र खेलकुदमा पनि त्यती रुची राख्दैनथे । उनले अफ्नो औपचारिक शिक्षा घरबाट नै हासिल गरेका थिए । सानै देखि साहित्य र वेद् हरुमा रुची राख्ने उनी नेपालका आदिकवी हुन् ।


उनको जीवन त्यती सहज र सजिलो कहिले पनि भएन । तर उनलाई कुनै बाधा र ब्यवधानले पनि नेपाली साहित्यमा अगाडि बढ्न रोक्न सकेन । जीवन भरी नै साहित्य साधनामा लगिरहे र एकदिन नेपालकै आदीमकवी भएर निस्के । उनमा यती असाधारण खुबी थियो कि कुनैपनी साधारण बातचित लाई सजिलै कविता बनाउन सक्थे । उनले धेरै कविता र साहित्यको रच्ना गरे तर बिडम्बना ति सबै रच्ना हरु अहिले हामीले पढ्न पाउँदैनौ । उनका धेरै जसो कवितहरु प्रकाशित नै हुनपाएनन जसको फल्स्वरुप हामीले उनका कृतिहरु पढ्न पएक छैनो ।


उनले रच्ना गरेको रामायण आहिले पनि हिन्दू मात्र नभई समस्त बिश्वो लाई नै एउटा अनुपम उपहार भएको छ । त्यस्तै उनले राणाकालमा जेल जीवन बि बिताउन पनि परेको थियो । सोही बखत उनले जेल मा नै अयोध्याकान्ड, किस्किन्धाकन्द, सुन्दरकान्ड रच्ना गरेका थिए । त्यस्तै उनले १८३६ म लेखेको "बधुशिक्षा" पनि निकै राम्रो कृति मध्यको एक हो । तर जेलमा बसेको र अन्या बिभिन्न कारणले उनको स्वास्थ्य बिग्रिदै गयो र उनले यस धर्तिबाट १८६८ मा बिदा लिए ।


तर उनको नेपाली साहित्यमा योगदान र उनका कृतिहरुले नेपाली साहित्यलाई निकै ठुलो गुन लगाएका छन । यसरी उनी तनहुँ जिल्लाको मात्र नभ्ई सम्पूर्ण नेपालका नै साहित्य सम्पत्ति हुन् ।